काठमाण्डूमा राति ९ बजे पछि देउसी भैलो खेल्न नपाइने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५७९ पटक पढिएको

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने प्रशासनले हिजो निर्णय गरेको हो ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारमा देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न आग्रह गरेको छ । त्यस्तै पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वमको समयमा सार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस