श्रीमतीसहित ९ जनाले यौन काण्डमा फसाउन खोजेको भन्दै पोखराका पत्रकारद्वारा आत्महत्या

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५८८ पटक पढिएको

 

पत्रकार एवं समाजसेवी श्रीप्रसाद बास्तोलाले आत्महत्या गरेको छ । पोखरा महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या पत्र लेखेर घरमै आत्महत्या गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिएको छ । प्रहरीले उनको उक्त सुसाइड नोट अनुसार परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । 

उनले गएराति करिब साढे तीन बजे आफ्नो फेसबुक प्रोफाइलमा आफूलाई यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ”१५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम देशको बाताबरण गर्ने होईन,मर्ने बनाउने खालको छ ।

पैत्रिक संपति,घर,खेत,जग्गा,सुन,गहना,स्कूल ,सबै चैट । आज आफै चैट । लज्जा देख्नु भन्दा,अस्ताउनु बेश"

बास्तोलाले आफ्नो श्रीमतीलाई ‘छलकपटकी श्रीमती’ भएको उल्लेख गर्दै ऋणहरू प्रायः तिरेको र केही बाँकी रहेको भए श्रीमतीसँगै माग्न पनि भनेको छ । उनले किरिया कोहि नबस्न र लाश नजलाउन समेत अनुरोध गरेको छ ।

उनले उक्त नोटमा प्रहरी प्रधान कार्यालयको लागि फसाउने प्रपन्च गरिएको सम्बन्धमा भन्ने विषयको निवेदन लेख्दै  यस उपर निष्पक्ष छानबिन गरि कानून बमाजिम कारबाहिको लागि अनुरोध गरेको छ ।   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित