सीमा सुरक्षा सम्बन्धी चिनको नयाँ कानून
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६६५ पटक पढिएको

चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गरेको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि कानून बनाएको यो पहिलो पटक हो । नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको हो ।
हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो रोयटर्सले उल्लेख गरेको छ ।
अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि सीमा जोडिएको पश्चिमी प्रान्त सिन्जियाङमा पर्न सक्ने प्रभाव र म्यानमार तथा भियतनामबाट आउने आप्रवासीले फैलाउन सक्ने कोभिड-१९ को संक्रमणलाई पनि ध्यानमा राखेर नयाँ कानुन ल्याएको बताइएको छ । यद्यपि यो कानून सीमा सुरक्षामा कति प्रभावकारी देखिन्छ भनेर एकिन भइसकेको छैन ।
तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको अवस्थामाथि चीनले चासो राख्दै आएको छ । अफगान शरणार्थीहरुका साथ शिनजियाङ्ग प्रान्तका विगर मुसलमानसँग सम्बन्ध राख्ने इस्लामी चरमपन्थीहरु सीमा पार गरेर भित्रिन सक्ने आशंका चीनलाई छ ।
२२ हजार किलोमिटर लामो सिमाना रहेको चीनको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, उत्तर कोरिया, रुस, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार र भियतनाम गरि १४ देशसँग जोडिएको छ । अहिले चिनियाँ जनमुक्ति सेना र पिपुल्स आर्म्ड पुलिस फोर्स चीनको सीमा सुरक्षामा खटिँदै आएका छन् ।