तालिबानले विपक्षी र हजरहरुलाई ‘जबरजस्ती’ निष्कासन गरे

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५४५ पटक पढिएको

 

अफगानिस्तानको उत्तर र दक्षिणमा तालिबान अधिकारीहरुले हजारौं मानिसहरुलाई आफ्नो घर र जमिन छोड्न बाध्य पारेका छन् । उक्त घटनालाई लिएर मानव अधिकार निगरानी( एचआरडब्ल्यु) ले सामूहिक सजायको मात्रा अन्तर्राष्ट्रिय कानून अन्तर्गत अवैधानिक मनिनिने भन्दै चेतावनी दिएको छ । 

तालिबानले प्राय जसो शिया हजारा समुदायका सदस्यहरूलाई निष्कासन गरिएको बताइएको छ । जो पूर्व अफगान सरकारसँग सम्बन्धित थिए । उनीहरुलाई निष्कासन गरेर कब्जा गरिएको जमिन र घरहरु तालिबान समर्थकहरुलाई वितरण गरिएको  एचआरडब्ल्युले जनाएको छ । एचआरडब्ल्युका जबरजस्ती निष्कासन दक्षिणमा कान्दाहार, हेल्माण्ड र उरुजगान, केन्द्रमा दाइकुण्डी र उत्तरी प्रान्त बल्खलगायत पाँच प्रान्तहरूमा भएको छ । 

धेरैलाई कानुनी स्वामित्व प्रमाणित गर्ने अवसर बिना केही दिनको सूचना दिएर घर र खेतहरू छोड्न आदेश दिइएको बताइएको छ । यदि उनीहरुले आदेशको पालना गरेन भने त्यसको परिणाममा आफ्ना गुनासो सुनाउन मौका नदिने धम्कि समेत दिएको बताइएको छ ।  

आफ्ना समर्थकहरुलाई पुरस्कृत गर्न तालिबानले जातीय वा राजनैतिक धारणाको आधारमा हजारा र अरुलाई जबरजस्ती बहिस्कार गरिरहेको  एचआरडब्ल्युका एसिया निर्देशक पेट्रीसिया गोस्म्यानको भनाई छ । बलको प्रयोग गरि धम्की दिएर र कुनै कानूनी प्रक्रिया बिना गरिएको निष्कासन र सामूहिक सजाय गम्भीर दुर्व्यवहार भएको उनले गार्डियनलाई बताएकी छिन् । 

तालिबानले समावेशी सरकारको वाचा गरेता पनि तर पश्तुन जातीय समूहका सुन्नी धर्मगुरुहरूको प्रभुत्वमा रहेको सबै पुरुषको क्याबिनेट रोजेका छन् । जुन समूहले उनीहरुलाई ऐतिहासिक रूपमा आफ्नो मूल समर्थन गर्दौ आइरहेका छन् । 

अगस्टको मध्यमा सत्ता हातमा लिएपछि तालिबानले प्रतिशोध हत्या र पत्रकारहरूमाथि हमलालगायतका विभिन्न मानवअधिकार उल्लंघनको गरिहेका छन् । उनीहरूले धेरै महिलाहरूलाई काम गर्ने अधिकार खोसेका छन् र केटीहरूलाई माध्यमिक तहसम्म पढ्नबाट पनि रोकेका छन् ।

युद्ध, खडेरी वा आर्थिक पतनको कारण आफ्नै देश भित्र शरणार्थी बनाइएकाहरूलाई आफ्नो घरबाट पनि बाहिर निस्कन बाध्य हुनेहरूको संख्या ठूलो छ । यस वर्ष मात्र ६ लाख ६५,००० अफगानी विस्थापित भएका छन् । 

जाडो सुरु हुनुभन्दा ठीक अघि र अन्नबाली भित्र्याउने बेलामा मानिसहरुलाई यसरि विस्थापित गर्नु एकदमै क्रुर भएको बताइएको छ।

 

तस्बिर : सिन्हुआ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित