अठार जना मन्त्री तथा राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५६५ पटक पढिएको

अठार जना नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोह बीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज दिउँसो प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी थिए ।
समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधान सेनापति, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, जनता समाजवादी पार्टीका अध्यक्ष लगायत शीर्ष नेताहरु उपस्थित थिए ।
पद तथा गोपनियताको सपथ लिने मन्त्रिहरु
राजेन्द्रप्रसाद श्रेष्ठ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री,
विरोध खतिवडा -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री,
मीनेन्द्रप्रसाद रिजाल – रक्षा मन्त्री,
उमाकान्त चौधरी – खानेपानी मन्त्री,
रेणुकुमारी यादव – भौतिक पूर्वाधार तथा यातायात मन्त्री,
प्रेमबहादुर आले – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,
दिलेन्द्रप्रसाद बडू – कानून, न्याय तथा संसदीय मामिला मन्त्री,
देवेन्द्र पौडेल – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,
महेन्द्रराय यादव – कृषि तथा पशुपन्छी विकास मन्त्री,
उमा रेग्मी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री,
शशि श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री,
रामकुमारी झाँक्री – शहरी विकास मन्त्री,
गजेन्द्रबहादुर हमाल – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री,
रामसहायप्रसाद यादव – वन तथा वातावरण मन्त्री,
कृष्णकुमार श्रेष्ठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,
महेश्वरजंग गहतराज – युवा तथा खेलकूद मन्त्री
प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका हुन् ।