नेपालको २३ लाख भन्दा बढी वन सामुदायिक उपभोक्ता समुहहरुको व्यवस्थापनमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २९८ पटक पढिएको
नेपालमा आ.व २०७५/७६ सम्ममा २३ लाख भन्दा बढी वन क्षेत्र सामुदायिक वन उपभोक्ता समूहहरुले व्यवस्थापन गरिरहेको पाएका छन् । वन तथा वातावरण मन्त्रालयले कुल २३ लाख ५९ हजार ५ सय ७७ हेक्टर वन क्षेत्र सामुदायिक वन उपभोक्ता समूहहरुले व्यवस्थापन गरिरहेका प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन अनुसार सामुदायिक वन उपभोक्ता समूहहरुले ०.१४ हेक्टरदेखि ५ हजार ३२ हेक्टर सम्मको वन क्षेत्र व्यबस्थापन गरिरहेका छन् । त्यस्तै सबैभन्दा बढी सामुदायिक वन क्षेत्र लुम्बिनी प्रदेशमा १९.२४ % हेक्टर र सब भन्दा कम प्रदेश २ मा ३.३५ % हेक्टर रहेको छ ।
नेपालले समुदायमा आधारित वन व्यवस्थापन पद्दति अवलम्बन गरि वन स्रोतको व्यवस्थापन गरेको चार दशक नाघिसकेको प्रतिवेदनमा उल्लेख छ । हालसम्म नेपालमा ११८ प्रकारका पारस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदायहरु पहिचान भएका छन् ।
समुदायमा आधारित वन व्यवस्थापन पद्दतिहरु
सामुहिक हितका लागि कुनै वनको विकास, संरक्षण र व्यबस्थापन गरि वन पैदावारको उपयोग गर्न इच्छुक उपभोक्ताहरुले समूह गठन गरि सम्बन्धित डिभिजन वन कार्यालयमा दर्ता गर्न सकिन्छ । यसरी दर्ता भएका समूहलाई सम्बन्धित डिभिजन वन कार्यालयले समुहको चाहना, परम्परागत उपयोग र व्यवस्थापन क्षमता समेतलाई विचार गरि कार्ययोजना बनाई राष्ट्रिय वनको कुनै भाग सामुदायिक वनको रुपमा व्यवस्थापन गर्न हतान्तरण गर्दछन् ।
उपभोक्ता समुहले कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आय बाट कम्तिमा २५% रकम वनको विकास संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरि बाकी रहेको रकमको ५०% रकम सम्बन्धित स्थानीय तह सँग समन्वय गरि गरिबी न्यूनीकरण, महिला सशक्तिकरण तथा उधम विकास लगायतका कार्यमा खर्च गर्नु पर्ने व्यबस्था रहेको छ । सामुदायिक वन उपभोक्ता समूहहरु अविछिन्न उत्तराधिकार वाला स्वशासित र संगठित संस्थाको रुपमा रहेका हुन्छन् ।
सामुदायिक वन उपभोक्ता समूहले वनको कुनै भाग कानून अनुसार सम्झौता गरि व्यवस्थापन गर्न पनि दिन सक्दछन् ।