स्विट्जरल्याण्डले गरे समलिंगी विवाहलाई अनुमोदित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१४ पटक पढिएको

 

स्विट्जरल्याण्डको प्रत्येक राज्यमा लगभग दुई तिहाई बहुमतले समलिंगी विवाहको पक्षमा मतदान गरेका छन् । स्विस संघीय चांसलर द्वारा प्रदान गरिएको नतिजा अनुसार आइतबार को राष्ट्रव्यापी जनमत संग्रहमा ६४.१ प्रतिशत मतदाताले समलिंगी विवाहको पक्षमा समर्थन जनाएको हो ।

स्विट्जरल्याण्डको कानूनमन्त्री करिन केलरका अनुसार यो नियम जुलाइ १ देखि कार्यान्वयन हुनेछ । जो कोहिले पनि चाहे त्यो दुई पुरुष बीच होस या दुई महिला बीच, वा एक पुरुष र एक महिला बीच होस्, उनीहरुले एक अर्कालाई माया गर्छन् र बिहे गर्न चाहान्छन् भने तिनीहरुले गर्न पाउने उनको भनाई छ । राज्यले नागरिकहरुलाई उनीहरुको जीवन कसरी बिताउनु पर्छ भनेर बताउनु नपर्ने उनको तर्क छ । 

यो यहाँको समलिंगी जोडीहरुको साथसाथै पुरै स्विट्जरल्याण्डको लागीनै एक ऐतिहासिक दिन भएको "यस" अभियान समितिका जन मुलरले बताएका छन् । त्यसै गरि एम्नेस्टी इन्टरनेसनलले एनजीओले पनि उक्त निर्णयलाई कोसेढुंगा को रुपमा स्वागत गरेको छ । 

स्विट्जरल्याण्डले २००७ मा नै समलिंगी जोडीलाई सँगै बस्न दिए पनि विवाहको अधिकार भने दिएको थिएन । यससँगै समलिंगी जोडीहरुले पनि विपरीत लिंगी जोडीले झैं अरुको बालबालिकालाई अपनाउन सक्ने र लेस्बियन जोडीका लागि पनि विर्यदान उपयोग गर्न पाउने अधिकार दिइएको छ । तर केही कन्जरभेटिभ पार्टीका नेताहरु अझै पनि समलिंगी विवाहको विपक्षमा छन् । स्थानीय मिडियाका अनुसार उनीहरुले यो प्रक्रियालाई नै रोक्ने प्रयासमा थिए ।  

स्विट्जरल्याण्ड समलिंगी विवाहलाई अपनाउने संसारको ३० औं र पश्चिमी युरोपको अन्दिम देश हो । समलिंगी विवाहलाई कानुनन् अनुमति दिने पहिलो देश नेदरल्यान्ड्स हो। नेदरल्यान्ड्सले सन् २००१ देखिनै अनुमति दिन थालेको थियो । त्यसै गरि ताइवान विश्वमा पहिलो ‘बौद्ध’ देश हो जसले समलिंगी विवाहलाई मान्यता दिएको छ ।  ताइवानले सन् २०१९ देखि समलिंगी विवाहलाई मान्यता दिदै आएको छ । 

 

 

तस्बिर: एएफपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित