अफगानीको दाह्री र कपाल काट्ने शैली प्रति तालिबानको आपत्ति

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३४४ पटक पढिएको

इस्लामिक कानूनको उल्लंघन हुने भन्दै तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा कपाल काट्ने वा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । तालिबान सम्प्रदायिक पुलिस अनुसार नियम उल्लंघन गर्ने जो कोहीलाई सजाय दिइनेछ । राजधानी काबुलका केही नाईलाई पनि यस्तै किसिमको आदेश प्राप्त गरेको भनेका छन् । 

तालिबान सरकारको खुकुलो ढाँचाको प्रतिज्ञाको बावजूद पनि यो समूह सत्तामा रहेको अघिल्लो कार्यकालको सख्त पैmसलामा फर्कन बारम्बार फर्किने प्रयास गरिरहेको छ ।

गत महीना सत्ता सम्हाले यता तालिबानले विपक्षीहरुलाई कडा कारबाही गरिरहेको छ । शनिबार समूहका लडाकुहरुले चार कथित अपहरणकारीहरुको गोली हानी हत्या गरेका थिए र उनीहरुको शव हेरात प्रान्तको सडकमा झुण्ड्यिाएका थिए । 

दक्षिणी हेलमन्द प्रान्तमा शैलुनमा टाँसिएको एक सूचना अनुसार तालिबान अधिकारीहरुले कपाल काट्ने र दाह्री काट्नेहरुको लागी शरिया कानूनको पालना गर्नु पर्ने चेतावनी दिएका छन् । 

बिबिसीले देखेको नोटिसमा भनिएको छ, “कसैलाई पनि उजुरी गर्ने अधिकार छैन ।”

काबुलका एक नाईका अनुसार, “लडाकुहरु आउँछन् र हामीलाई दह्री काट्न बन्द गर्न आदेश दिइरहेछन् । उनीहरु मध्ये एकले गोप्य निरीक्षक पठाउने समेत धम्की दिएको छ ।”

अर्का नाई जो शहरको सबैभन्दा ठूलो शैलून चलाउँछन् उनलाई पनि अमेरिकी कपाल काट्ने शैली बन्द गर भनेर धम्कीपूर्ण फोन आएको बताउँछन् । 

सन् १९९६ देखि २००१ सम्ममा तालिबानको पहिलो कार्यकालको दौरान कट्टर इस्लामीवादहरुले थरि थरिका हेयरस्टाईलमा प्रतिबन्ध लगाएका थिए र पुरुषहरुलाई दाह्री पाल्न जोड गरेका थिए ।

बिबिसी बाट अनुवादित

फोटो बिबिसी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित