भविष्यको अनिश्चित गर्भपतन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६७ पटक पढिएको

 

फेरी अर्को बुद्ध जन्मीदै छ भन्ने गोप्य सूचना पाए पछि देवदत्तका अवतारहरूले गरिदिएछन् मायाँदेवीको गर्भाशयको अपहरण ।

र गरिदिएछन् जबरजस्ती अनिश्चित गर्भपतन ।

गर्भपतन हुँदा भ्रूण हत्या मात्र भएन,

जन्मिन नपाउदै मर्यो भावी जवान युवा ।

 जसले चुकाउनु पर्ने थीयो अनमोल मातृ वात्शल्यको मुल्य । 

 जस्ले पहिर्याउन बाँकी थियो आफ्नो बाबूको गलामा स्वर्णिम उदेश्यले सजिएको गौरवशाली तक्मा ।

 त्यो भ्रूण निष्ठुर रत्नाकर थिएन ।

 क्रुर चाल्स सोभराज थिएन ।

 न त थियो आफ्नै जन्मभूमी बेच्ने ल्यान्डूफ दोर्जेको प्रतिनिधि ।

 न त थियो नारी अस्मिता माथि धावा बोल्ने महिषासुरको अवतार । 

 तर पनि किन गरियो कलिला नैसर्गिक अधिकारहरूको अपहरण ? 

 किन गरियो रुमालको बुजो भित्र निष्पाप प्राणको कैद?

 किन गरियो अबोध जिन्दगीको त्रासदीपूर्ण हत्या?

 किन गरियो भावी युवाको निर्मम् गर्भपतन ?

 ऊ अपहरित हुँदा एकसाथ बन्धि बन्यो निर्दोष वर्तमान, 

 ऊ निसासिदा सँगै निसासियो ग्रीनविचको आधारबिन्दु ।  

 त्रसीत हुँदा थर्थर् काँपी रह्यो मानव अधिकार ।  

 मृत्युको अन्तिम घडीमा ऊ तड्पी रहँदा छट्पटाई रह्यो सिङ्गो युग ।  

 ऊ ढल्दा सदाको लागी ढल्यो एउटी आमाको आशा ।

 खोसियो मेरो देशको साहारा ।

 उराठ-उराठ बन्यो एउटा बाबुको सपना ।

 अनि जबर्जस्त भयो सुनौलो भविष्यको गर्भपतन ।

 

ए सरकार तिम्रो सिमाना भित्र ब्वाँसाहरूले चार पाउ टेकेर तान्डव नृत्य गरी रहँदा किन अटाएन एउटा भावी युवाको एक जोर पैँताला?

 कलियुग का कंशहरूले निस्फिक्री ग्यास्टिक डकारी रहँदा किन फेर्न पाएन अबोध प्राणहरूले स्वतन्त्रताको श्वास ?

 ओ न्यायमुर्ती तिमीले पनि जवाफ देउ,

 तिमि द्वारा विश्लेषित कानूनले कसको रक्षा गर्यो, 

 कागज कि मानव अधिकार?

 

 ए सरकार कोपिलाहरू फुल नबन्दै चुँडिन्छन् भने कसरि जोगिएला तिम्रो र मेरो देशको सोभा ?

 सबै धरोहरहरू पैदावर पनि हुँन नपाउँदै नासिन्छन् भने कसरि थेगिन्छ होला मेरो देशको भविष्य ?

 साँच्चै महोदय एउटी काख रित्तीएकी आमाको जिवनमा कहिले हुन्छ पुनह सुर्योदय?

 कहिले देख्न पाउँछन् होला एउटा पिताले आफ्नै जिन्दगीको शब्दकोशबाट बेपत्ता भएको न्यायको मुहार?

 मृत सपनाहरुले निदरिहरुमा बारबार ऐठन मच्चाई रह्यो भने कस्ले बिउँझाईदेला मेरो मातृत्वको बिहानी?

 

 अबिलम्ब जवाफ चाहियो सरकार,

 तुरून्त निसाफ चाहियो श्रीमान,

 सपना खोसिएको बाबुको उदेश्य कुन् भुगोलमा भेटिन्छ?

 शोकाकुल आमाको आँसुको मुल्य कुन खगोलमा भेटिन्छ?

 भन सरकार अहिले नै भन,

 भन न्याय मुर्ति यही पल भन,

 यी सबै प्रश्नहरुको उत्तर तिमीहरुसंग छैन भने,

 म ति अपुरो जननी, स्तब्ध पिता र मेरो देशलाई न्याय खोज्न कु  इजलासमा पठाउँ अन्तरास्ट्रिय न्यायलय कि ईश्वरको अदालत?

 

कविता

तारा न्यौपाने 

नेपाल ल क्याम्पस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित