प्रदेश १ मा मन्त्रिपरिषद विस्तार
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४५७ पटक पढिएको

नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन । उनले आज प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री सहित ५ जना नयाँ मन्त्री थप गरेका हुन् ।थपिएका मन्त्रीहरुले सपथग्रहण समेत गरेका छन् ।
मन्त्रीहरुमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।
नयाँ मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो बरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको बरियतामा नियुक्त भएका हुन् ।