गठबन्धनका शीर्ष नेताहरुको बीचमा दरार आएको छ : अध्यक्ष दाहाल

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५६० पटक पढिएको

 

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले गठबन्धनका शिर्ष नेताहरुको विचमा दरार आएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोष्ट बाहादुर बोगडीको स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले अझ पनि क्रान्ति चाहेको बताएका छन् । 

पूष ५ गतेको संसद विघठनको प्रतिगमन पछि लाखौ युवाहरुमा क्रन्तिको भावना उच्च रहेको उनको भनाई छ । 

उनले हामी बिग्रिए पनि जनता नबिग्रेको बताएका छन् । राष्ट्र रष्ट्रियता र कानून भन्दा बाहिर नजानु भन्ने संदेश  प्रतिगमन विरोधी आन्दोलनबाट जनताले गलत बाटोमा जानु हुन्नभन्ने पाठ सिकाएको उनको भनाई छ । साथै उनले आवश्यक परे आफूहरु सडकमा जानुपर्ने अवस्था पनि आउन सक्ने बताएका छन् ।   गठबन्धन लाई निरन्तरता दिँदा आगामी चुनावमा दुई तिहाई मत ल्याउने उनको दाबी छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित