गर्भपतन सम्बन्धी चलचित्र भेनिस फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ६०१ पटक पढिएको

सन् १९६० दशकमा फ्रान्समा भएको अवैध गर्भपतनका बारेमा बनाईएको फिल्मले भेनिस फिल्म फेस्टिभलमा शीर्ष पुरस्कार प्राप्त गरेको छ ।
अडेर दिवानको "ह्यापनिंग" (L’evenement) नामक चलचित्र एक महिलाको कथा हो । दीवानले पुरस्कार स्वीकार्दै भनिन्, “मैले यो फिल्म क्रोध, इच्छा, मेरो आँत, मोरो मुटु र मेरो दिमाग लगाएर बनाएको हुँ ।”

"ह्यापनिंग", अमेरिकाको टेक्सासमा गर्भपतन प्रतिबन्धित विवादास्पद नयाँ कानून ल्याएको छ हप्ता पछि बनाईएको फिल्म हो ।

विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सवको ७८ औं संस्करण शनिबार राती समाप्त भएको थियो । यस भेनिस फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय फिल्मका हस्तीहरुको उपस्थिति थियो ।

विजेता चलचित्र “ह्यापेनिङ्” एनी एरनक्स द्वारा लिखित आत्मकथात्मक उपन्यासमा आधारित छ । यो उपन्यास एक महिलाको जेल वा मृत्युको जोखिमको बावजूद पनि आफ्नो पढाई जारी राख्न सक्षम भएको संघर्षको कथा हो ।

यो पुरस्कार “प्यारासाईट” का निर्देशक बोङ्ग जुन हू को नेतृत्वमा एक निर्णायक मण्डल द्वारा चयन गरिएको थियाे ।

शनिबारको समारोहमा अन्य महिला फिल्म निर्माताहरुलाई सम्मानित गरिएको थियो । न्यूजील्याण्डकी जेन क्याम्पियन, बेनेडिक्ट कम्बरव्याच अभिनित द पावर अफ द डगको लागी सर्वश्रेष्ठ निर्देशकको पुरस्कार दिईयो । म्यागी गिलेनहाल, यसै बीच, ओलिभिया कोलम्यान फिचर गर्ने द लस्ट डटर को लागी सर्वश्रेष्ठ पटकथा पुरस्कारबाट सम्मानित गरियो ।

पेनेलोप क्रुज ले "प्यारालल मदर्स" मा गरेको भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छन् । फिलिपिनो अभिनेता जोन आर्किलाले क्राइम थ्रिलर "अन द जबः द मिसिङ् ८" का लागि उत्कृष्ट अभिनेताको उपाधि जितेका छन् ।

(बिबिसि बाट अनुवादित)

फाेटाे – बिबिसि

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित