प्रधानमन्त्री देउवाले संघिय निजामती सेवा ऐन ल्याउने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३० पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल निजामती कर्मचारी युनियन स्थापना   दिवसको  विमोचन गरेका छन् । उनले संघिय निजामती ऐन २०७८ का अवसरमा प्रकाशन गरिएको पत्रिकाको  विमोचन गर्दै जति सक्दो चाँडो संघिय  निजामती  सेवा ऐन ल्याएर प्रशासनलाई थप चुस्त दुरुस्त बनाउने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरिएको कार्यक्रममा देउवाले निजामती कर्मचारीहरुका हकहित प्रति सरकार संवेदनशील रहेको बताएका छन् । स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीतन्त्रले निष्पक्ष र इमानदारीताका साथ आम नेपाली सेवा ग्राहीहरुलाई सेवा दिन निजामती कर्मचारीको दायित्व भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले कानूनी अधिकारको सीमा भित्र रहेर निजामती कर्मचरीतन्त्रले जनतालाई सेवा प्रदान गर्ने कार्यमा आफ्नो संगठनात्मक शक्ति र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । कार्र्यक्रममा स्थापना स्तरका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद  सिटौलाले पनि निजामती कर्मचारीले जनतालाई प्रभावकारी सेवा दिनु कर्मचारीको प्रमुख दायित्व भएको बताएका छन् । युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका पदाधिकारी, र पूर्वअध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।

Photo from – Setopati.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित