कुरा बुझ्नु पर्च

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४०४ पटक पढिएको
सुभाष चाैलागाईं
 
कुनै पनि राष्ट्रको गौरव महिलाहरूको सम्मानले मात्र प्रकटित हुन्छ । महिला असम्मानित राष्ट्र, अराष्ट्र हो । त्यस्तो राष्ट्रमा बस्नु भन्दा राष्ट्र त्याग नै उच्चतम विकल्प हुन्छ । दुर्भाग्यवश पुरै संसार नै अराष्ट्र बन्न खोजीरहेको छ । महिलाहरूलाई पुरुषले आफ्नो अधीनमा लिएको थियो, लिईरहेको छ, र लिन खोजीरहेको छ । महिलाहरू घरको चार पर्खाल भित्र बन्द छन् जो उड्न चाहन्छन्, उन्मुक्त हुन चहान्छन् । हरेक दिन पत्र पत्रिकामा महिला हिंशाका खबर अझै पनि हामी सुन्न र पढ्न पाउँछौं, कस्तो विडम्बना । यस अवस्थाको विरोध र यसको संशोधनका निमित्त काम गरिरहेका पुरुषहरू निकै कम छन् । दुर्भाग्यवश महिला पनि अौंलामा गन्य छन् । यी विषयको चर्चा गर्नु अघि, केही विश्व तथ्यांकलाई नियालौं । (सोर्स – UN Women)
१) ५० भन्दा बढी देशहरुमा, महिलाहरुलाई आफ्नो राष्ट्रियता प्राप्त गर्ने, परिवर्तन गर्ने वा साबिक कायम गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।
२) महिलाहरू विश्वव्यापी रूपमा पुरूषहरूको तुलनामा २३% कम कमाउँछन् ।
३) १८७ देशहरु मध्ये २७ देशहरुमा, श्रीमान् कानूनी रुपमा नै घरका प्रमुखहरु छन् ।
४) ६८ देशले समलिङ्गी सम्बन्धलाई अपराध मान्दछ ।
५) विश्वव्यापी रुपमा ७५ करोड वयस्क अशिक्षित छन् । तीमध्ये दुई तिहाई महिला छन् ।
६) महिलाहरु बिना कुनै आर्थिक लाभ, प्रत्येक दिन पुरुषहरुको कामको तुलनामा ३ गुणा बढी घरेलु काममा बिताउँछन् ।
७) विश्वव्यापी रूपमा ३ महिलाहरु मध्ये १ ले शारीरिक वा यौन हिंसा खेप्नु परेको छ ।
८) ३० वटा देशहरुमा १५-१९ वर्ष उमेरका ३ मध्ये १ जना बालिकाले यौन उत्पीडन खेप्नु परेको छ ।
९) महिलाहरुले विश्वव्यापी संसदीय सीट २४% मात्र ओगटेका छन्
समाज विकसित हुँदैछ, भैरहेको छ भन्ने कुरा हामी सुन्न पाई रहेका छौं ।  तर यस तथ्यांक बाट हामी के बुझ्न सक्छौ भने, महिलाहरूको यस्तो स्थिति हुनु निर्लज्जता हो ।
महिला उत्थानका कुरा गरि रहँदा नेपाली लोकभाका गायक प्रकाश सपूतका सांगीतिक कोसेलीहरु याद हुन्छन् । संगीतको माध्यमबाट महिला हिंसा, अत्याचार, कुरीति, अन्धविश्वास, शोषण विरुद्ध आवाज उठाई रहन्छन्  उनी । 
प्रकाशले सङ्गीतको माध्यमद्वारा समाज परिमार्जनका कार्यलाई अगाडी बढाएका छन् । भर्खरै सार्वजनिक भएको गीत "कुरा बुझ्नु पर्च" भन्ने गीत सुन्दै गर्दा, यो पनि अठोट लिन जरुरी छ कि महिलाहरुको हक हितको लागि लड्न हामी सबै एकिकृत हुनु पर्च ।
धन हुनेको र मन हुनेहरु बीचको बुझाई दर्शाउँदै स्वविवेक र सक्षम हुन गीतले प्रेरित गरेको छ । जातका कुरामा अल्झिएर नबसौं, यस देखि उन्मुक्त होअौं भन्ने कुरा बुझाउन खोजेका छन् उनले ।
जीवनसाथी बनाउने सिलसिलामा पनि हामी सतर्क हुनपर्छ भन्ने अर्थ गीतको संवादले  बुझाउँछ ।  
विश्व मान चित्र भित्र रहेको नेपालमा महिलाको स्थिति के कस्तो छ भनेर हामीले कुरा बुझ्नै पर्ने देखिन्छ काठमाडौं शहरको परिवेष र परिभाषाले मात्रै नेपाल बुझ्न सक्दैनौं हामीले । नेपालका ग्रामीण भेगमा रहेका महिला वर्गहरु र  शहरी भेगमा रहेका महिला वर्गको स्थितिमा धेरै अन्तर छ अझै ।
कुरा बुझ्न पर्च अनि कुरा र व्यवहार समय सन्दर्भ अनुसार सुधार पनि गर्न पर्च ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित