जब मदरसाको यौन शोषणले पाकिस्तानलाई धक्का दियो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५६२ पटक पढिएको

मदरसाका विद्यार्थी सबिर शाहलाई एक वर्षसम्म प्रभावकारी धर्मगुरुद्वारा पाकिस्तानी शहर लाहोरमा यौन शोषण गरियो । सामाजिक सञ्जालमा फैलिएको शाहले नै रेकर्ड गरेको भिडियोमा, ‘कन्जरभेटिभ जमित उलेमा -ई- ईस्लाम-फजल(जेयूआई-एफ्)’ पार्टीका मुफ्ती, अजियुर रहमानले आफ्ना विद्यार्थीहरुसँग शोषण र अनुपयुक्त क्रियाकलाप गरेको देख्न सकिन्छ । उनले पछि त्यो अनैतिक गरेको स्वीकार गरेका छन् ।

यो घटनाले पुरै पाकिस्तान देशलाई स्तब्ध बनाएको थियो । धेरै नागरिकहरुले दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीका धार्मिक मामिला प्रतिनिधि ताहिर मेहमुद अशरफीले भनेका छन् "यस्ता दोषीहरुलाई झुण्डाइनुपर्छ ताकी बालबालिकाहरुलाई यौन शोषण गर्नेहरु कदापि नबचुन्।" पछिल्लो समय अल्पसंख्यक तथा किशोर-किशोरीहरुलाई मदरसामै यौन शोषण गरिएका घटना बढेका छन् ।

यो घटनासँगै मदरसाको अस्तित्वमै प्रश्न उठेको छ । किनकी यौन दुर्व्यवहार र बलात्कारका घटनाहरुका साथै बालबालिकाको शोषण भईरहने घटनाहरु सामान्य भईसके । अहिले शोषण गरिएका पुराना तथा नयाँ भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भएका छन् जसमा धर्मगुरुहरुको संलग्नता छ । यसबाट सिय उलेम समूह पनि अछुतो रहन सकेन । यी घटनाहरु धार्मिक ठाउँमै किन, कसरी र कहिलेदेखि भईरहेका छन् भन्ने जनतामा ठूलो चासोको विषय बनेको छ ।

गत वर्ष सिन्धको कन्दियरो शहरमा १२ वर्षका किशोर धर्मगुरुद्वारा बलात्कृत भएका थिए । यसैगरी अर्का धर्मगुरुले कराँचीमा किशोर बलात्कार गरेकाले पक्राउ परेका थिए । उक्त वर्ष नै १८ वर्षका मदरसामा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको पाईएको थियो ।

मार्च २०२१ मा पेशावरको अदालतले धर्मगुरुलाई आठ वर्षकि किशोरीलाई बलात्कार गरेकाले दोषी ठहरायो । अहिले पञ्जाबको चकवाक शहरको मदरसामा प्रार्थना गर्ने धर्मगुरुद्वारा मस्जिद नजिकै चार किशोरीहरु बलात्कृत भएका छन् ।

यस्ता घटनाहरु ग्रामीण क्षेत्रमा बढिरहँदा धर्मगुरुहरुलाई लगाईएको आरोपलाई ईस्लामविरुद्ध गरिएको साजिश पनि भनिएको छ । प्रहरी अधिकारीहरु पनि बाल अधिकारका कुराहरूमा अवगत भएको पाईंदैन । न्याय दिलाउनुको सट्टा किशोर किशोरीहरुलाई दुर्व्यवहार गर्ने तथा प्रभावकारी मदरसाहरुसंग मिलेर माफी माग्दै पैसाको सहायताले पीडितलाई आवाजविहिन बनाउने काम भईरहेका छन् । एसोसिएट प्रेसको सन् २०१७ को अनुसन्धान अनुसार दर्जनौं रिपोर्टहरु यौन उत्पीडन, बलात्कार, शारीरिक दुरव्यवहारसँग सम्बन्धित पाईएको थियो । उक्त रिपोर्ट अनुसार पाकिस्तानभरका मदरसा चलाउने धर्मगुरुको प्रत्यक्ष सहभागिता थियो ।

यी खबरहरुबाट के पनि पुष्टि हुन्छ भने पाकिस्तानमा बालहिंसाहरु बढिरहेका छन् । बाल संरक्षणमा काम गर्ने संस्था ‘साहिल’ का अनुसार सन् २०२० देखि बालहिंसाका घटनाहरु बढिरहेका छन् । उक्त रिपोर्टकै अनुसार आठ बालबालिकाहरुलाई दुर्व्यवहार भईरहदा ५०% बालिका र ४९% बालकहरु पीडित भएका छन् । ६-१५ को उमेर समूह सबैभन्दा असुरक्षितमा परेको छ ।

त्यस रिपोर्टमा ९८५ पुरुषमैथुनको मामला, ७८७ बलात्कार, ८९ पोर्नोग्राफी तथा बाल यौन दुर्व्यवहार र ८० मामिलाहरु बाल यौन हिंसापछि हत्या गरिएको अन्तर्गत दर्ता गरेको पाईएको थियो । त्यसैगरी ८३४ मामलाहरु अपहरणका पनि थिए । बाल हिंसा तथा बाल संरक्षणको कानून सन् २०१५ को पोर्नोग्राफी काण्डदेखि प्रकाशमा आयो । त्यससँगै सन् २०१८ मा ७ वर्षीय बालक जैनब अनसारीको निर्दयी ढंगले गरेको बलात्कारको घटनाले यस्ता शोषणहरु केन्द्रमा आए । पछिल्ला घटनाहरुले धेरै मानिसहरु आक्रोशित भएका थिए । यसकारण ती शृङ्खलाहरु रोक्न जैनब अलर्ट रेस्पोन्स एन्ड रिकभरी एजेन्सी (ZARRA) को स्थापना गरियो ।

पछिल्लो समय बालसंरक्षणमा केही प्रयासहरु भईरहँदा पनि मदरसाको व्यक्तिहरुले गरेका हिंसा र हत्याहरुलाई नजरअन्दाज गरिएको छ । धर्मगुरुहरुको प्रभावले पनि राष्ट्रिय छलफलहरुमा यस्ता मुद्दाहरुलाई ध्यान दिइएको छैन ।

पाकिस्तानले घनिष्ठ रुपमा आफ्ना मदरसाहरुलाई नियमन गर्न सुरुवात गरेको वर्तमान सरकारको एकल राष्ट्रिय पाठ्यक्रमको छाता अन्तर्गत पर्छ । पाकिस्तानी धर्मगुरुहरु सिमान्तकृत समुदाय र अल्पसंख्यक समुदायहरुलाई अभद्र भाषा प्रयोग गरेर असहिष्णुताको प्रोपोगण्डा फैलाउन कुख्यात छन् । समालोचक तथा नागरिक समाजका सदस्यहरु सरकारले मदरसा र बहुलवादी मान्यताहरुलाई सुधार गर्न नखोजेको बताएका छन् । राष्ट्रिय पाठ्यक्रम धेरै हदसम्म धार्मिक झुकाव भएकाले पनि एकल राष्ट्र सिद्धान्त केन्द्रीत रहेको बताईएको छ । मदरसामा बालबालिकाको संरक्षण गर्नका लागि गैरसरकारी संस्था, मनोवैज्ञानिक, कानून व्यवस्था, परिवार सबैको एकीकृत प्रयास आवश्यक पर्छ । विडम्बनाको कुरा त के छ भने यस विषयमा कुनै पनि किसिमको सहकार्य हुन सकेको छैन । बाल संरक्षणका नीतिहरु धार्मिक विद्यालयमा नहुँदा पनि यस्ता मामलाहरु बढिरहेका छन् जसले गर्दा अपराधीलाई पनि सहज भएको छ ।

हिंसा र शोषणविरुद्ध बोल्नेलाई निषेध लगाईनुका साथै आर्थिक रूपमा विपन्न धेरै भएका सामाजिक संरचनामा स्कूल बाहिरका विद्यार्थीहरुलाई सुरक्षित वातावरण छैन । त्यो तप्काका विद्यार्थीहरु प्रवेश गर्ने मदरसा नै हो । पाकिस्तानमा ३५,००० दर्ता गरिएका वा नगरिएका ईस्लमिक विद्यालयहरु छन् जहाँ अधिकांश विद्यार्थीहरु देशको गरिबी र ग्रामीण क्षेत्रका छन् । संरचनागत असमानतालाई सम्बोधित गरिनु ठीक दिशामा जानुको पहिलो बाटो हुन सक्छ ।

(अलिया बिखारीद्वारा लिखित द डिप्लोम्याटको रिपोर्टमा आधारित)

Photo Source – The New Paper

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित