Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छ : डोनाल्ड ट्रम्प

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १४५१ पटक पढिएको

बेलायतकी महारानी एलिजाबेथ द्वितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलबाट शाही उपाधि खोस्नु पर्ने संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । एक अन्तर्वार्तामा, पूर्व राष्ट्रपति ट्रम्पले ससेक्सको ड्यूक र डचेसलाई प्रहार गरेका हुन्। उनले प्रिन्स ह्यारीलाई आफ्नो देशप्रति धेरै बेइमान भएको आरोप समेत लगाएका छन्।

उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए । रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे  ।’

आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ । ’ पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे । ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनले बताए । एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित