रुसले परमाणुअस्त्र प्रयोग गर्न सक्ने सम्भावना तीब्र: दिमित्री पेस्कोभ

  • वर्ल्ड दैनिक
  • ६ महिना अघि
  • १२८ पटक पढिएको

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएका छन् ।

सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो । उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुन सक्ने बताएका हुन् । त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरेका छन् ।

युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिएका छन् । त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे । पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने समेत बताएका छन् । बीबीसी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित