लोक सेवा आयोगको कार्यालय अगाडि धर्ना
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५५० पटक पढिएको
अन्तरबार्ताको माग गर्दै लिखित परिक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरुले लोक सेवा आयोगको कार्यालय अगाडि धर्ना दिएका छन् ।

आइतबार उनिहरुले कमलपोखरी स्थित लोकसेवा आयोगको कार्यालयमा धर्ना दिएका हुन् । लिखित परिक्षाको नतिजा प्रकाशन भएको सात महिना बितिसक्दा पनि अन्तर्वार्ता नभएको गुनासो उनिहरुले पोखेका छन् । जसका कारण भबिस्य अन्योलमा परेको भन्दै उनिहरुले धर्ना दिएका हुन् ।
अदालतमा मुद्दा दर्ता भएपश्चात नासुको अन्तर्वार्ता रोकिएको थियो। यथाशीघ्र अन्तर्वार्ता हुने भन्दै आयोगले गलत आश्वासन दिंदै आइरहेको परीक्षार्थीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस