गान्धिको आलोचक बने मोदी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५२६ पटक पढिएको

भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा चर्काचर्की हुँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलका नेता राहुल गान्धीलाई आफुले आवश्यक स्थान र समयमा बोलेको भन्दै आलोचना गरेका छन् ।

सीमा विवाद र संसदमा बढ्दो बेरोजगारी जस्ता मुद्दाहरू सम्बोधन गर्न असफल भएकोमा राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेको बेला प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो। राहुलले सदनमा उठाएका अधिकांश मुद्दाहरूको जवाफ सम्बन्धित मन्त्रीले दिएका छन्, मोदिले भने ।

मोदीले भारतीय समाचार एजेन्सी एएनआईसँगको अन्तर्वार्तामा राहुललाई "संसदमा नसुन्ने र नबस्ने व्यक्ति" भनेर आलोचना गरे। संसदमा बहसलाई स्वागत गर्ने कुरामा जोड दिँदै मोदीले आफू र आफ्नो सरकारले कसैलाई क्ष ति नगर्ने र छलफलमा विश्वास राखेको बताए । ‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र त्यो स्वभाव पनि छैन, तर पनि मिडियाले तर्क र तथ्यका आधारमा विवाद सृजना गर्न सदनमा मेरो कुराको व्याख्या गरेको हुनसक्छ,’ उनले भने ।

प्रधानमन्त्री मोदीमाथी  चीनसँगको सीमा विवाद , बेरोजागार, र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमण जस्ता कुरामा मौन रहेको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्रीलाई राहुलको प्रश्नले रिस उठेको आरोप लागिरहेको छ । यस विषयमा प्रष्ट पार्दै प्रधानमन्त्रीले भने, "हामी कसैलाई आक्रमण गर्दैनौं, बरु वार्तामा विश्वास गर्छौं, संसदमा धेरै बहस र अवरोधहरू भएका छन्, म यसलाई स्वागत गर्दछु। त्यसैले म रिसाउनु पर्ने कुनै कारण छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित