अफ्रिकामा केवल परोपकारले कोरोना विपत्तिको अन्त्य हुँदैन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४३३ पटक पढिएको

गत वर्ष अमेरिकी परोपकारी, अर्बपति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नश्लवादी धारणाको कारण निन्दा गरिएको थियो । आफ्नो भनाईमा उनले अफ्रिकाको स्वास्थ्य प्रणालीले कोभिड-१९ को भार थेग्न नसक्ने हुँदा लाखौं मान्छेको ज्यान जान सक्ने भनेका थिए । महामारी फैलिंदै गर्दा पश्चिमी मिडीयाहरु युरोपेली तथा अमेरिकी नागरिकभन्दा अफ्रिकीको ज्यान कम गएकाले छक्क पनि परेका थिए । तर कोरोनाबाट भएको अफ्रिकी जनताको मृत्युुलाई निकै हल्का रुपमा लिईएको थियो ।

आज अफ्रिकामा कोभिड-१९ को मृत्यु दर बढ्दै गर्दा धेरै मानिसहरुलाई खोप लगाईनु चमत्कार जस्तै हुन लागेको छ । संरचना तथा प्रणालीगत सबै समस्या हेर्दा अफ्रिकी जनताहरु आफ्नो भाग्य आफै बनाउन निर्बल देखिन्छन् । र यो समयमा अफ्रिकी जनताको अवस्थाले सबै कुरा उदाङ्गो पारिदिएको छ ।

एक हप्ता अघि "नेचर" मा प्रकाशित आलेखमा, राष्ट्रिय जनस्वास्थ संस्थानका प्राविधिक सेवा उपनिर्देशक डाक्टर मोसका फल्लाहका अनुसार, कोभिडका कारण मृत्युहरु सामान्य भएका छन् । विश्वका धनी देशको सहयोग नभएमा राष्ट्रहरु पतन हुन सक्नेछन् ।

सिएनएनमा नियुक्त गरिएका नयाँ संवाददाता केन्याका लेरि मदोवोले एउटा लेखमा आफ्ना काकालाई गुमाउँदा निकै भावुक भएको र प्रत्येकपल्ट फोन आउँदा मुटुको ढुकढुकी बढेको बताएका थिए । उनकी हजुरआमा भेन्टीलेटरमा हुनुहुन्छ ।

"९६ वर्षकि हुँदा पनि मेरी हजुरआमा तेस्रो विश्वका करोडौं मान्छेहरुमा पर्नुहुन्थ्यो जसले हिजो भर्खर खोप लगाउनुभयो । धनी राष्ट्रहरुले उपलब्ध खोप संचय गरिसकेका छन् ।" उनले बताए कि रुवाण्डा जस्तो कडा सामाजिक दुरी कायम गरिएको र मास्कको अनिवार्य नियम बनाईएको ठाउँमा पनि लकडाउन तथा कर्फ्यू जीवनको तथ्य बन्न पुगेका छन् ।

यो कुरालाई नकार्न सकिँदैन कि अफ्रिका महादेश अहिले निकै कठीन अवस्थामा गुज्रिरहेको छ । केवल एक प्रतिशत जनसंख्याले खोप लगाउँदा आईसियु बेड तथा अक्सिजन प्लाण्टको अभाव छ । अरु विश्वको तुलनामा सिकिस्त विरामीको मृत्युदर उच्च छ । अवस्था निराशाजनकभन्दा पनि भयानक छ ।

खोपहरु कोभिड विरूद्धका कवच हुन् जसको सहयोगले हस्पिटलाईजेसन, सिकिस्त रोग र मृत्युुको सम्भावना न्यून गर्छ । तर पश्चिममा देखिएको अनुभवले के देखाउँछ भने, सबै क्षेत्रका मान्छेहरुले खोप नलगाएसम्म सबै जोखिमको चपेटामा पर्न सक्छन् । यसका साथै महामारी रोक्न अपनाइएका मास्क र सामाजिक दुरीको विकल्प पनि देखिएका छैनन् ।

स्वीस चीज मोडल – घटनाको जोखिमको व्यवस्थापन

सन् १९९० मा मेन्चेस्टर विश्वविद्यालयका डाक्टर जेम्स रिजनले "स्विस चीज मोडल" प्रतिपादन गरेका थिए । यो मोडल कुनै पनि घटनाको जोखिमलाई व्यवस्थापन गर्न प्रयोग गरिन्छ । यो मोडलमा चीजको टुक्राहरुलाई बाधकको रुपमा देखाईएको छ । सबै बाधकहरु ठीक नभएको अवस्थामा नसोचिएका व्यवधानहरु सामना गर्नुपर्ने हुन्छ । प्वालहरु स्वीस चिजजस्तै देखिन्छन् । ती प्वालहरुबाट कहिलेकाहीँ जोखिमहरु पनि प्रवेश गर्न सक्छन् । तर अरु केकको टुक्रा वा रक्षाको तह जोडियोको खण्डमा भने ती प्वालहरुले मान्छेमा पुर्याउन सक्ने जोखिम कम हुँदै जान्छ ।

यो मोडलिङ्को उदाहरण दिँदै गर्दा कोभिड-१९ का खोपहरु केवल चीजका अन्तिम टुक्रा हुन् । त्यो अघिका स्लाइस (टुक्रा)हरुको प्रतिस्थापन भने अवश्य होईन जसमा जनसञ्चार, टेस्टिङ, कन्ट्याक्ट् ट्रेसिङ, आईसोलेसन, हात धुवाई, सामाजिक दुरी तथा मास्किङ पर्छ । अफ्रिकन देशहरुसँग खोपहरु नभएपनि धेरै अनुभव र क्षमताहरु भएकालेे अरु स्लाईस(टुक्रा)हरुको मद्दतले महत्त्वपूर्ण संरक्षण नागरिकहरुलाई दिन सक्छ । त्यो भनेको खोपको व्यवस्थापन गर्दै गर्दा अरु कुराहरुको चाजोपाँजो मिलाउने हो । अफ्रिकिहरु श्वेत जातिको अगाडि असहाय पनि त छैनन् । उनीहरू आफ्नै हिसाबले सबल र सक्षम पनि छन् ।

खोपहरुको व्यवस्थापन गर्ने कुरा आउँदा पश्चिमले घृणाको व्यवहार देखाईरहेको छ । जहाँ मानिसहरूले खोप लगाईरहेका छन् त्यहाँ नै भण्डारण गरेर माग गरेका जनतालाई खोप दिन नसक्नु सिधै रोक लगाए जस्तै हो । खोप वितरण गर्दै गर्दा पनि ब्रिटेन र अन्य देशहरुले काम लाग्न नसक्ने खोपहरु मिति समाप्त हुँदै गर्दा पठाएका थिए । अफ्रिकि रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जोन केनगसोङले व्यक्त गरेको चिन्ताले फरक कथन निर्माण गरेको छ । उनले भनेका छन् "खोपहरु दान गरिएका छन् तर वितरण गरिएको छैन ।"

होवर्ड फ्रेन्चले ब्रोकिङ ईन्स्टिच्युटले लिएको अन्तर्वार्तामा भनेका छन्, "विकासशील देशहरूमा खोप पहुँच गराउनको लागि पश्चिमा सक्रियता अनिश्चित तथा भयानक छ ।" विश्वका आठ अर्ब मानिसमध्ये सात अर्ब विकासशील देशमा बसोबास गर्ने हुँदा, वितरण गरिएको एक अर्ब डोज पनि बाल्टीमा भएको एक थोपा जस्तै हो ।

केन्यन लेखक, राजनीतिक विश्लेषक तथा अभियान्ता नन्जला न्याबोलाले, पश्चिमी राष्ट्रहरुले अफ्रिकन देशहरुलाई सही हिसाबले खोप खरिद गर्ने वातावरण नबनाएर बौद्धिक सम्पत्तिमा पनि रोक लगाएकाले असमानताको वातावरण सिर्जना भएको भनेकी छन् । "धनी देशहरुले मात्र खोप उत्पादन गर्नु भनेको "डिपेन्डेन्स्सी डाईनामिक" (परनिर्भरताको चक्र) लाई समर्थन गर्नु हो ।

तर सम्पन्न राष्ट्रहरुलाई दोष देखाई सुध्रन आग्रह गरिँदैमा द्रुत परिणामको लागि रणनीति बन्न सक्दैन । केन्याजस्तै अफ्रिकी मुलुकहरुलाई आफ्ना जनसंख्यालाई महामारीविरुद्ध तयार नगरेकाले जवाफदेही बनाउनै पर्छ । महदेशभर राष्ट्रहरुले टप-डाउन रणनीति अपनाउँदा चिकित्सकहरुभन्दा बढी प्रहरीहरुको उपयोग बढी भएकाले धेरै महामारीको चपेटामा परे ।

सरकारले खोपहरु खोज्दै गर्दा अहिले केन्यामा हात सरसफाइ, मास्किङ, सामाजिक दुरीहरु कमै देख्न सकिन्छ । यै हप्तामा डेल्टा भेरियन्टले स्वास्थ्य प्रणाली दुरुस्त बनाउन चुनौती दिएको छ । सरकारले रातमा कर्फ्यु लगाएर जन भेला तथा भौतिक भेटघाटमा प्रतिबन्ध लगाएको छ ।

धेरै अफ्रिकी महादेशका सरकारको व्यवहारबाट के पनि थाहा हुन्छ भने जनआकांक्षा पुरा हुन गाह्रै पर्ला । पश्चिमी केन्यामा डेल्टा भेरियन्टले विध्वंश मच्चाउँदै गर्दा अनविज्ञ व्यक्तिबाट प्रभावित भएर राष्ट्रपति उहुरु केन्यता र उनका प्रतिद्वन्दी रैला ओदिङ्गाले जुनमा जनसम्मेलन गरेका थिए । र, यो हुँदै गर्दा स्वास्थ मन्त्रालयले प्रकाशन गरेको संक्रमित, हस्पिटलाईजेसन र मृत्युको तथ्यांकमै पनि प्रश्न उठ्न थालेको छ । कोभिड-१९ को प्रतिक्रियामा आएको दानहरु लुटिएको छ भने खोपको व्यवस्थापनको निर्णय टेन्डर र आकर्षक सम्झौताको भरमा सिमित छ ।

खोपको रंगभेदको समयमा पश्चिमले परिकल्पना गरेको निराश महादेश अफ्रिका होईन । जवाफदेहिता र खोपबिना पनि महादेशका नागरिक तथा सरकारले मान्छेको दुख र मृत्युदर घटाउन धेरै गर्न सक्छन् । विडम्बना के छ भने, अहिले सबैको आँखा दानमै अडिएको छ, जसले सबै तप्कालाई मुक्ति दिन सक्दैन ।

(नैरोबीका राजनीतिक कार्टुनिस्ट प्याट्रिक गथराद्वारा अलजाजिरामा लिखित विचारको अनुवाद)

फाेटाे साेर्स – साइन्स

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित