मोजाम्बिक विद्रोहमा रुवाण्डाले जवाफी हमलाको नेतृत्व गर्ने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३३६ पटक पढिएको
करीब हजार रुवाण्डन सैन्य बल उत्तर मोजाम्बिक क्षेत्रमा तैनाथ गरिँदा, विद्रोहीहरुले विनाशकारी हमला जारी राखेका छन् । दुई हप्तामा विद्रोहीहरु विरुद्ध तैनाथ गरिएका विदेशी क्लबहरु मोकिम्बा दा प्रेईया बन्दरगाहमा पुगेका छन् जहाँ गत वर्ष लडाकुहरुको कब्जा थियो । चार वर्षमा विद्रोहीहरुले उत्तर-पूर्व मोजाम्बिकमा पर्ने डेलगाडो प्रान्त कब्जामा लिएका छन् ।

अहिलेसम्म त्यहाँ ३,१०० मान्छे मारिँदा ८२,००० विस्थापित तथा क्षतविक्षत भएका छन् जुन पाँच जिल्लाको पूरा जनसंख्या भन्दा बढी हो ।
मार्च महीनामा ग्याँसको भण्डारणको लागि निकै प्रसिद्ध पल्मा शहर कब्जा गर्दा फ्रान्सेली तेल कम्पनीले बृहत्तर निर्माण साईट छाडेको थियो । अफ्रिकाको दोस्रो ठूलो ग्याँस फिल्ड उक्त क्षेत्रमा २० अर्ब डलरको लगानी थियो ।
मोजाम्बिकका रक्षा बल भ्रष्टाचारी, ट्रेनिङ नभएका र कुकृत्य गर्ने भएको कारणले पनि असंगठित विद्रोहीहरुलाई उनीहरुले कसरी रोक्लान भनेर अहिले भन्न कठीन छ । आफ्नै दलमा भएको विरोध बाबजूद पनि राष्ट्रपति फिलिप न्युसिले बाहिरी सहयोगको लागि डाकेका छन् ।
यो कुरा निश्चितताका साथ बुझ्न सकिन्छ कि युवा विद्रोहमा आउनुको कारण गरिबी, असमानता तथा स्थानीयलाई खानी तथा प्राकृतिक सम्पदाबाट नमिलेको फाईदा नै हो । यी घटनाहरुलाई बढुवा दिने अन्य कारण पनि सैनिक र अधिकारीहरुले गर्ने शोषण र सामाजिक असमानता पनि अवश्य हुन् ।
मोकिम्बा दा प्रेईया बन्दरगाहमा सन् २०१७ मा सांकेतिक हमला हुँदा युवाहरूले सैनिकहरुबाट हतियार उठाएपछि पनि द्वन्द्व सुरु भएको थियो ।
आईएससँगको सूक्ष्म सम्बन्ध
स्थानीय भाषाको अर्थ "युवा" हुन जाने "अल सबब" भन्ने शब्द, विद्रोहीको रूपमा चिनिन्छ । यसको सोमालियाको अल सबबसँग कुनै सम्बन्ध छैन ।
मुस्लिम बाहुल्य रहेको द्वन्द्व क्षेत्रमा विद्रोहीहरुले सन् २०१९ मा ईस्लामिक स्टेटसँग सम्पर्क बढाएका थिए । संयुक्त राज्यले उक्त समूहलाई "आईएसआईएस मोजाम्बिक" नाम दिएर एउटा आतंकवादी संगठनको संज्ञा दिएको छ । तर जान्नुपर्ने कुरा के छ भने विद्रोहीहरुसँग कुनै धार्मिक सन्देश छैन र उनीहरु राज्यसँग लडाईं गरिरहेका छन् ।
प्राथमिक हिसाबले उनीहरु मोजाम्बिक सैन्य बलबाट कब्जा गरिएका हतियार र गाडीहरुबाटै युद्ध गर्छन् । ईन्टरनेशनल क्राईसिस ग्रुप (ICG) थिङ्क ट्याङ्क अनुसार, विद्रोहीहरुको गुनासो स्थानीय भएको र आईएससँग सूक्ष्म सम्बन्ध मात्र रहेको भनिएको छ ।
भोका स्थानीयलाई सहयोग गर्न नभएर केही राष्ट्रहरुले आईएसविरुद्ध लड्न सैनिक पठाउन सक्छन् । पूर्व औपनिवेशिक शक्ति पोर्चुगल र संयुक्त राज्यका सैनिक विद्रोही विरुद्ध लड्न मोजाम्बिकको ट्रेनिङमा पहिले देखिनै होमिएका थिए ।
मोजाम्बिकको ठूलो छिमेकी दक्षिण अफ्रिकाले धेरै हदसम्म आफ्ना सैनिकहरुलाई क्षेत्रीय संस्था साउदर्न अफ्रिकन डेभलपमेन्ट कम्युनिटी (एसएडिसि) अन्तर्गत पठाउन खोजिरहेको थियो । तर मोजाम्बिक तिनै राष्ट्रहरुसँग मिश्रित इतिहास भएकाले केही दुरी कायम गर्न चाहन्छ । यसका बाबजूद पनि मोजाम्बिकले बलियो सेना भएको रुवाण्डासँग सम्झौता गर्नुपर्यो ।
अप्रिलमा राष्ट्रपति न्युसी रुवाण्डन समकक्षीलाई भेटेको दस दिन नहुँदै त्यस देशका अधिकारीहरुलाई काबो डेलगाडोमा आउन स्वीकृति दिईएको थियो । कुटनितीक स्रोतका अनुसार स्वीकृतिमा अमेरिकाको समर्थन थियो । रुवाण्डाको ईजरायलसँग पनि घनिष्ठ सम्बन्ध छ जसले आईएसविरुद्धको अपरेसनमा सहयोग गर्न सक्छ ।
गत हप्ता १,५०० दक्षिण अफ्रिकी सेनाहरु पानीजहाज र हवाईजहाजमा युद्ध क्षेत्रको नजिक पर्ने पेम्बा भन्ने ठाउँमा आईपुगेका थिए । उक्त समूहमा ४३ ब्रिगेड विशेष बल पनि समाहित छ । बोत्स्वानाका सशस्त्र गाडीहरू र ३०० सैनिकहरु पनि मोजाम्बिक प्रवेश गरेका छन् ।
बन्दुकधारीहरुको डर
रुवाण्डाले आवश्यक पर्दासम्म मात्र त्यहाँ रहेर पल्मा तथा ग्याँस जडित क्षेत्रमा सुरक्षा अञ्चल बनाउने भनेको छ । मान्छेहरु भने अर्को वर्षसम्म काममा फर्किन सुरक्षित हुने आशा गरिएको छ ।
शुरवातमा दक्षिण अफ्रिकी सैन्य बल तीन महिनाको लागि मोजाम्बिकमा छन् । करिब ३,००० सैन्य बल तथा वायु र सामुद्रिक शक्तिको सहयोगले कब्जा गरिएका राजमार्ग, शहर र मोकिम्बा दा प्रेईया बन्दरगाह छिटोभन्दा छिटो फिर्ता लिनुपर्ने हुन्छ ।
विद्रोहीहरुले अड्डाहरु छोडेर सानो समूहमा जोडिँदा गुरिल्ला युद्धकारीहरु दबाबमा आउँदा गर्ने व्यवहार दोहोराएका छन् । युद्धग्रस्त क्षेत्रका केही ठाउँमा बाक्लो जङ्गल भएकाले लुक्न सहयोग पनि मिल्छ । संसदमा प्रतिनिधित्व गर्ने हातहतियारयुक्त प्रतिपक्षी समुह रिनामोको उदाहरणबाट बन्दुकधारीहरुले उत्तर दक्षिण राजमार्ग बन्द गरेर अराजकता फैलाउन सक्छन् । उपयोगमा नआएका राजमार्ग ती समूहको लागि उपयुक्त भुगोल हुन सक्छ ।
यदि आईएससँग विद्रोहीको सम्बन्ध नै हो भने पैसा, हतियार तथा जिहादीहरु पठाएर स्थानीय युद्धमा तीव्र हस्तक्षेप हुन सक्छ । यो युद्ध अन्त्य नभएर दुई वर्ष अगाडिको अवस्थामा जान पनि सक्छ ।
केही महिनाअघि एमनेस्टी ईन्टरनेशनलले सरकार र विद्रोही दुवैलाई "युद्ध अपराध" को आरोप लगाएको थियो । त्यसैले पनि धेरै मानिसहरु पुलिस र सैनिक आफ्नो क्षेत्रमा आउँदै गर्दा त्रसित भएका छन् । विद्रोहीहरु अरु कोही नभएर समुदायकै स्थानीय जनता हुन् ।
निकै चलाखपुर्ण तरिकाबाट मोकिम्बा दा प्राईया बन्दरगाह र पल्मा क्षेत्र नियन्त्रणमा लिईएको थियो । विद्रोहीहरुले स्थानीय सदस्यहरू र समर्थकहरुसँग मिलेर कब्जा गरेका थिए ।
जनयुद्धहरु विरलै सैनिकको मद्दतबाट समाप्त हुन्छन्, त्यसैले पनि समस्याहरुको छिटोभन्दा छिटो सम्बोधन हुनुपर्छ ।
विद्रोहीहरुले जनताहरुसँग लिएको अन्तर्वार्ता प्रदर्शन हुँदा उनीहरुले उचित रोजगार र भविष्य दिए युद्ध छोड्ने भनेका छन् ।
केही हजार जागिरको प्रबन्ध मिलाईए युद्धको अन्त्य हुन सक्छ । तर मोजाम्बिकको महँगा बटालियन र सैनिक बल पठाउँदैमा पुरानो समस्याको अन्त्य हुँदैन । दिगो रोजगारको निर्माण म्को लागि यी घटनाक्रमको सकारात्मक प्रभाव नरहला ।
( जोसेफ हान्लोनद्वारा लिखित बिबिसिको रिपोर्टमा आधारित )
फाेटाे साेर्स – राेएटर्स