देशभर थपिए ८१ कोरोना संक्रमित

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • १९ पटक पढिएको
देशभर थपिए ८१ कोरोना संक्रमित

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १७५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भने आज कसैको भएको छैन। हाल देशभर अझै १४८३ जना सक्रिय संक्रमित रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित