डेंगु नियन्त्रणमा सरकार पुरै चुक्यो: एमाले

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २७० पटक पढिएको
डेंगु नियन्त्रणमा सरकार पुरै चुक्यो: एमाले

काठमाडौँ। हाल देशभर व्यापकरुपमा फैलिरहेको डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार पुरै चुकेको नेकपा एमालेले दाबी गरेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै डेंगु तीव्र गतिमा फैलिरहे पनि रोकथाममा सरकार भने चुकेको बताएका हुन्। एमालेले डेंगुबाट २१ जनाको मृत्यु भएको जनाएको छ।

यस्तै ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ। डेंगीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको उनले बताएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित