देशभर डेंगुको तहल्का, संक्रमित ११ हजार नाघे

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३०१ पटक पढिएको
देशभर डेंगुको तहल्का, संक्रमित ११ हजार नाघे

काठमाडौं। हाल वर्तमान समय देशभर डेंगुको उच्च जोखिम रहेको छ। देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । अहिले दिनप्रतिदिन डेंगु बढेसंगै सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ । जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित