बुटवलमा च्याउ खाँदा १५ जना बिरामी; एकै परिवारका ६ जना अस्पताल भर्ना
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३१४ पटक पढिएको
विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका एकै परिवारका ६ जना र अन्य ९ जना बिरामी भएका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले दिएको जानकारी अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना बिरामी भएका हुन् । उनीहरूमध्ये पाँचजनाको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ। इलाका प्रहरी कार्यालय बुटवलले बताए अनुसार बिरामी हुनेमा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक रहेका छन्।
त्यस्तै बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन पनि उही च्याउले ओछ्यान लागेका छन्। यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
इप्रका बुटवलका प्रमुख केसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।