भ्रष्टाचार आरोपमा भारतको पञ्जावमा स्वास्थ्य मन्त्री बर्खास्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५२२ पटक पढिएको

भ्रष्टाचार गरेको भन्दै भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई  बर्खास्त गरेका छन् । 

मुख्यमन्त्री भगवन्त मानले बताए अनुसार एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री सिंगलालाई हटाएको बताएका छन्। 

‘आम आदमी पार्टीको जन्म इमान्दार सिस्टम कायम राख्नलाई भएको हो,’ भगवन्तले भने, ‘अरबिन्द केजरीवालले आफ्ना हुन् वा पराय जो कोही भए पनि भ्रष्टाचारलाई कुनै पनि हालतमा माफ नगर्ने भन्दै आउनुभएको छ ।’

आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गर्दै उनले ‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ,’ केजरीवालले ट्वीट गरेका छन् । बर्खास्तमा परेका सिंगलालाई पञ्जाव प्रान्तको एन्टी करप्सन ब्राञ्चले पक्राउ गरेको छ ।

एन डी टिभी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित