विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक भोलि नेपाल आउँदै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७४ पटक पढिएको

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले तीन दिने नेपाल भ्रमण गर्ने भएका हुन् ।

गेब्रेयससले वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।  परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशकका साथमा डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने छन् । 

महानिर्देशक गेब्रेयससले यस भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग छुट्टा छुट्टै शिस्ताचार भेटवार्ता गर्ने भएका छन् । साथै उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित