राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २४१ पटक पढिएको

राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशनमा नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार समपन्न भएको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित भएका छन् भने उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन भएका छन् ।

१२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेको उक्त  स्वास्थ्यकर्मी संघले चैत २५ गतेदेखि काठमाडौंमा महाधिवेशन गरेको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित