नेबी संघ आरआरको माग : स्वास्थ्य शुल्कलाई स्वास्थ्य बिमामा रुपान्तरण
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१६ पटक पढिएको
स्वास्थ्य शुल्कलाई स्वास्थ्य बिमामा रुपान्तरण गरिनुपर्ने भन्दै रत्न राज्य लक्ष्मी क्याम्पस इकाइका विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन्।
तीन बुँदे मागसहित नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेताहरुले त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन्।
निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारी समक्ष विद्यार्थीहरुले बिहीबार भेट गरी ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र मार्फत विद्यार्थीले उनिहरुको माग तत्काल सम्बोधन गर्नुपर्ने र हरेक विद्यार्थीहरुले व्यहोरिरहेको अनावश्यक झन्झट र असुविधाहरुको अन्त्य हुनुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्रमा विद्यार्थीहरुले प्रत्येक वर्ष स्वास्थ्य शुल्क वापत तिर्दै आएको शुल्क व्यवस्थित र पारदर्शी हुनुपर्ने उल्लेख गरिएको छ। स्वास्थ्य शुल्कलाई स्वास्थ्य बिमामा रुपान्तरण गरिनुपर्ने उनिहरुको माग छ ।
वर्ल्ड दैनिकसँग कुरा गर्दै निर्देशक अधिकारीले विद्यार्थीहरुको माग उपयुक्त रहेको बताएका छन् ।