विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिम सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५९० पटक पढिएको

चितवनमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिम सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले आइतबार गोताखोर तालिम उद्घाटन गरेका हुन् ।

‘सिसम–२’ गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विदुर खड्काले बताए अनुसार गोताखोर तालिम ५ हप्ता सञ्चालन हुने छ । साथै तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई सप्तकोशी, फेवाताल, कुलेखानी र त्रिशूलीमा प्रशिक्षण हुने (डीआईजी) खड्काले बताए ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पहिलोपटक गोताखोर तालिम सुरु भएको हो । डुबेर हुने मानवीय घट्नामा विपद् प्रतिकार्यको लागी गोताखोर तालिम अपरिहार्य हुने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका कामु एसएसपी अन्जनी कुमार पोखरेलले बताए । तालिम उद्घाटन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले कुरिनटारमा सञ्चालित तालिम विपद् व्यवस्थापनको क्षेत्रमा कोशेढुंगा साबित हुने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित