नेपाल प्रहरीका दुई पूर्व अधिकृत चुनावी मैदानमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२९ पटक पढिएको

धनुषामा नेपाल प्रहरीका दुई पूर्व अधिकृत चुनावी मैदानमा उत्रिएका छन् । एकजना प्रहरी नायव उपरीक्षक र अर्काले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट राजीनामा दिएर स्थानीय चुनाव लडिरहेका छन् ।

केही महिनाअघि डिएसपीबाट अवकाश पाएका महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा र विदेहा नगरपालिकाको मेयरमा पूर्व एसएसपी गोविन्द साह चुनावी प्रतिस्पर्धामा छन् ।

महतोले नेपाली कांग्रेसबाट टिकट पाएका छन् । कांग्रेसबाट टिकट पाउने आशामा साहले केही महिनाअघि एसएसपीबाट पनि राजीनामा दिएका थिए । तर, कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारीबाट घरदैलोमा व्यस्त छन् ।

दुवैको जित्ने दाबी 

साह र महतो दुवैले जितेको दाबी गरेका छन् । ‘विदेहका जनताले जनप्रतिनिधिमा आउन भनेपछि मैले एसएसपीबाट राजीनामा दिएको छु’, साह भन्छन् । "त्यसैले जनता जितमा विश्वस्त छन्।"

उनले विदेह नगरपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्र खस्किसकेको बताए । ‘यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था राम्रो छैन,’ उनले भने, ‘यी दुवै क्षेत्रलाई सुधार गर्दै कृषि क्षेत्रलाई राम्रो बनाउन मेयर पदमा उम्मेदवारी दिएको हुँ ।’

मिथिला नगरपालिकाका उम्मेदवार महतोले भिजन र मिसन दुवै लिएर आएकाले जित्नेमा विश्वस्त रहेको बताए । ‘यस नगरपालिकाको सर्वाङ्गीण विकास गर्ने विचार लिएर आएको हुँ,’ उनले भने । ‘शान्ति, सुरक्षा र विकासलाई सँगै ल्याउने प्रयास गर्नेछु । त्यसैले जनताले मलाई जित्नेमा म विश्वस्त छु । ‘

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित