कांग्रेस र एमाले उम्मेदवारले बुटवलमा गरे मनोनयन दर्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- ६६५ पटक पढिएको
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बुटवल उपमहानगरपालिकाको मेयरमा मनोनयन दर्ता गरेका छन् ।

खेलराज पाण्डे कांग्रेसबाट र बाबुराम भट्टराईले नेकपा एमालेबाट मनोनयन दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेस उम्मेदवारलाई समर्थन गरेका छन् ।
बुटवलको वीपीचोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरेर कांग्रेस उम्मेदवार पाण्डे कांग्रेस नेता कार्यकर्ताको जुलुस सहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका गएका थिए ।
त्यस्तै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईले सुख्खानगरस्थित पार्टी कार्यालयबाट जुलुससहित आएर मनोनयन दर्ता गरेका हुन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल पनि उनको मनोनयन दर्ताका क्रममा उपस्थित भएका थिए ।
पाण्डेले बुटवलको खानेपानी, सुकुम्बासी र अस्तव्यस्त सडकको समाधान गर्दै बुटवललाई प्रदेशको आर्थिक राजधानी बनाउने योजना सुनाएका थिए । ।
एमालेका उम्मेदवार बाबुराम भट्टराईले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका माध्यमबाट बुटवलको विकास गर्ने योजना रहेको बताएका हुन् ।