एसइई परीक्षा भोलिबाट सुरु हुँदै, सबै तयारी पुरा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४११ पटक पढिएको

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिबाट सुरु हुँदैछ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको छ। परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको शर्माले जानकारी दिए ।

कोरोनाका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षाका लागि देशभर २००७ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन्। उनका अनुसार यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित