मनाङ जिल्लाबाट ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४७ पटक पढिएको

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

शुक्रबारदेखि सुरु हुन गईरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा  २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताएका छन् ।

जिल्लामा परीक्षाका लागि आवश्यक तयारी भईसकेको तथा जिल्लाको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र रहने कुरा समेत उनले बताएका छन् । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ । 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित