सिक्नका लागि ‘डिजिटल बन्डल कोर्ष : जुनियर मेगा माइन्ड’ बजारमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५१ पटक पढिएको

दूर शिक्षासँगको सहकार्यमा नीमा एकेडेमीले सूचना प्रविधिमा आधारित सिक्नका लागि ‘डिजिटल बन्डल कोर्ष : जुनियर मेगा माइन्ड’ बजारमा ल्याएको छ । 

कोडिङ तथा रोबोटिक्ससहितका उक्त सामग्री प्राज्ञिक र गैरप्राज्ञिक गरी कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको छ । 

मंगलबार उक्त्त एप्स त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिन डा डिल्लीराज शर्मा, त्रिविका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कार्यकारी निर्देशक सहप्राध्यापक विनोद जोशी, त्रिविका सूचना प्रविधि इनोभेशन केन्द्रका निर्देशक प्रा डा सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

जुनियर मेगामाइन्ड कार्यक्रमले सानै उमेरदेखि साना बालबालिकाको अवधारणामा स्टीम कोर्सले काम गर्ने र उनीहरुको रुचि अनुसारको क्षेत्रमा अगाडि बढ्न सहज हुने नीमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले बताए । दूर शिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले विश्वले पाठ्यक्रम लागू गरिसकेको र नेपालसँग त्यसको विकल्प नभएको बताए ।

विषयगत विज्ञ लेखकहरुको सहभागितामा चार वर्षअघि बजार अध्ययन गरी सामग्री तयार गरिएको फाउण्डेशनका प्राज्ञिक निर्देशक मोहन घिमिरेले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित