क्यानडाका राजदुत र शिक्षामन्त्री पौडेलबीच शिष्टाचार भेटवार्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३४७ पटक पढिएको
क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार राजदूत मकाई र मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेलबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरेका छन्। साथै मन्त्रि पौडेलले उच्च शिक्षा तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउन आग्रह गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस