वागमती प्रदेशद्वारा उच्च शैक्षिक संस्थाहरु निमार्ण गर्ने योजना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६३ पटक पढिएको

विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन् । उनले सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

उनले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विश्वविद्यालयहरू बनाउने कार्यमा प्रदेश लागिपरेको दाबी समेत गरेका छन् । साथै मुख्यमन्त्रीले अनुसन्धानको क्षेत्रलाई अन्य ६ प्रदेशले सिक्ने गरेर वागमती प्रदेश अघि बढ्ने प्रतिवद्धतासमेत जनाए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित