आर्थिक संकटका कारण मन्त्रीहरुको सामूहिक राजीनामा – श्रीलंका
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७२ पटक पढिएको
श्रीलंका अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक संकटका कारण श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
श्रीलंकाका नागरिकहरु चरम आर्थिक संकटका कारण आक्रोशीत भएका छन्। सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन रोक्नको लागि सडकमा सेना समेत परिचालन गरिएको छ ।
कर्फ्युको विरोध चर्किरहेको बेला मन्त्रीहरुले राजीनामा दिएका हुन्। मन्त्रिपरिषद्का सदस्यले आइतबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएको शिक्षामन्त्री दिनेश गुणवर्धनले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस