शिक्षकविरुद्द नाबालिक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६२ पटक पढिएको

‘शिक्षा’ विषय पढाउने शिक्षकविरुद्द अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता भएको छ । शिक्षा विषय पढाउने २७ वर्षीय ठाकुरप्रसाद भुसाललाई कक्षा १० मा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप लागेको छ ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाएका थिए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ। समय साँझको करिब ६ बजे तिर उनी गइन् र शिक्षक भुसालसँग भेट भयो । भुसाले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । भुसालले नोटकपी दिएपछि त्यहि ठाउमा इच्चाविपरीत दुईचोटी बलात्कार गरे ।

बलात्कारपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोगपत्रमा उल्लेख गरिएको छ । वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको गर्भपतन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण समेत उल्लेख गरिएको छ ।

वकिल कार्यालयले भुसालविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा १४ वर्षसम्म कैद, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कैद र ४० हजार रूपैयाँ जरिवानासँगै गर्भपतनसम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ । 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित