Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

अफगानिस्तानमा महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै प्रदर्शन

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १७१ पटक पढिएको

अफगानिस्तानमा महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको यो विरोध प्रदर्शनमा धेरैजसो महिला तथा बालिकाको सहभागिता रहेको थियो।

उनीहरुले हातमा पम्प्लेटहरू बोकेर स्कुल खोल्नुपर्ने माग गरेका थिए । उनीहरुले बोकेको पम्प्लेटहरूमा  ‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका थिए । प्रदर्शनकारीहरुले शिक्षा मन्त्रालय बाहिर र तालिबानको सशस्त्र बलको अगाडि गरिरहेका थिए तर उनीहरुलाई कुनै हस्तक्षेप भने गरिएको थिएन ।

यसअघि हुने गरेको प्रदर्शनमा प्रदर्शन रोक्ने तथा भाग लिनेहरुलाई हिरासतमा लिने गरिन्थ्यो । यस पटक भने प्रदर्शन जारि राख्न दिएको बीबीसीले खबर उधृत गरेको छ ।  प्रदर्शनमा उपस्थित एक महिला शिक्षकले बीबीसीसँग भनिन्, ‘जब स्वतन्त्रताका लागि र जुन बालबालिका स्कूल जान चाहन्छन्, उनीहरुका लागि उभिने कुरामा म त मर्नका लागि पनि तयार छु ।’उनले भने, ‘हामी आफ्ना बालबालिकाको शिक्षाको हकका लागि यहाँ छौँ । अधिकार बिना त हामी पहिले नै मरिसकेका छौँ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित