प्याब्सनको अध्यक्षमा डीके ढुंगाना निर्वाचित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७८ पटक पढिएको

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को अध्यक्षमा डीके ढुंगाना निर्वाचित भएका छन् । बुधवार र बिहीबार गरी दुई दिन भएको १५औँ राष्ट्रिय महाधिवेशनबाट ढुंगानाको अध्यक्षतामा २५ उपाध्यक्ष र  ८९ सदस्यीय कार्यसमिति गठन भएको छ । त्यसैगरी, महासचिवमा आरबी कटवाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने चयन भएका छन् ।

शिक्षा क्षेत्रको विकासका लागि नीतिगत विषयमा पहल गर्ने ढुंगानाले बताएका छन् । उनले अब संघीय कानुन आउँदैछ र त्यसमा निजी क्षेत्रको भूमिकाका लागि आफूले सक्दो पहल गर्ने पनि बताएका छन् । ढुंगानाले शिक्षकको पेशागत विकास, कक्षाकोठाको सुधार र विश्व बजारमा बिक्री हुने जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक विकासका कार्यक्रम तर्जुमा गर्ने समेत बताएका छन् ।

महाधिवेशनबाट आगामी तीन वर्षका लागि २७ पदाधिकारी र ३९ सदस्य रहेको ६६ सदस्यीय कार्यसमिति चयन गर्ने भनिए पनि सहमतिबाट ८९ सदस्यीय समिति बनाइएको छ । पाँच हजार साधारण सदस्य विद्यालयहरू भएको प्याब्सन महाधिवेशनमा देशभरबाट दुई हजार दुई सय ४६ प्रतिनिधिहरूको सहभागिता  रहेको  थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित