शिक्षाविद् विद्यानाथ कोइराला: शिक्षाको लगानी भनेको धानको ब्याड बनाउनु जस्तै हो
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९० पटक पढिएको
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले आफ्नो धारणा राख्दै शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको बताएका छन् ।

उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताउंदै आफ्नो विचार प्रस्तुत गरेका हुन् । उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको र शिक्षा विभागले सामुदायिक विद्यालयहरुलाई अनुगमन, नियन्त्रण र गुणस्तरीय बनाउने काम गर्न नसकेको बताएका छन् ।
महासंघले शिक्षकलाई संघीय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको भन्दै शिक्षक महासंघले पनि भोटको राजनिति गरेको कोइरालाले आरोप लगाएका छन् ।