जनस्तरको सम्बन्धलाई झल्काउन पाकिस्तानले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति दिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८७ पटक पढिएको

नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने उद्वेश्यले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्ति निरन्तर रुपमा दिने भएको छ । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताएका छन् ।

राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने समेत बताए । नेपाली विद्यार्थीले पाकिस्तानमा रहँदा जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै उनले शैक्षिक छात्रवृत्ति निरन्तर गरिने बताए ।

त्यस्तै नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रशंसा गरेका छन् । क्षेत्रीले नेपाली विद्यार्थीहरूलाई आफ्ना प्रख्यात शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तानलाई धन्यवाद ज्ञापन गरे ।

यसअघि नेपाली स्नातक विद्यार्थीले पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित