श्रीलङ्कामा चरम आर्थिक संकट; ४५ लाख विद्यार्थीको वार्षिक परीक्षा नै स्थगित
- वर्ल्ड दैनिक
- १ साल अघि
- २७५ पटक पढिएको
श्रीलङ्कामा आउँदो सोमबारदेखि हुने तय भएको विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित भएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

सन् १९४८ मा स्वतन्त्र भए देखि यता श्रीलङ्काले सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । आर्थिक संकटका साथै श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भैरहेको छ ।
त्यस्तै सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेपछि देशभर पसलहरुमा लामो लाइन लागेको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले बुधबार आर्थिक संकट र वैदेशिक ऋणबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई अनुरोध गर्नुभएको थियो । आईएमएफले राजापाक्षको अनुरोधमाथि छलफल गरिरहेको बताएको छ ।
वैदेशिक ऋणको जालोमा फसेको श्रीलङ्कामा कोरोना महामारीको कारण चरम आर्थिक सङ्कट देखा परेको हो । अल जजीराबाट