कार्यकारी अधिकार पाएका सहसचिव कमलप्रसाद पोखरेलको सरुवा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०० पटक पढिएको

तीन दिनमै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी अधिकार पाएका सहसचिव कमलप्रसाद पोखरेलको सरुवा भएको छ ।

राखेपका सदस्य सचिवको अनुपस्थितिमा पोखरेललाई युवा तथा खेलकुद मन्त्रालयको डिभिजन प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने गत फागुन १४ गतेको निर्णयअनुसार राखेपको कार्यकारिणी अधिकार दिइएको थियो ।

तर, खेलकुद महाशाखा प्रमुख रहेका पोखरेलले राखेपको कार्यकारी अधिकारसमेत पाएको तीन दिनमै २८ माघमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरेको हो ।

खेलकुद मन्त्रालयमा सहसचिव विदुरप्रसाद खनालको सरुवा भएको छ । पोखरेलको सरुवा भएपछि खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको कार्यकारी अधिकारको जिम्मेवारी ताेकिसकेका छैनन् ।

राखेप सदस्यसचिवविहीन हुँदा आर्थिक र प्रशासनिक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले बाधा अडकाउ फुकाउ जारी गरेको थियो

राखेप दुई महिनादेखि सदस्यसचिव विहीन छ । सरकारले १ कात्तिकमा रमेशकुमार सिलवाललाई सदस्यसचिव पदबाट बर्खास्त गरेर टंकलाल घिसिङलाई नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको थियो ।

तर, सिलवालले सर्वोच्च अदालत पुगेपछि सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएको छ । अदालतले सिलवालको पदमुक्तिको निर्णय र घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गर्ने निर्णय यथास्थितिमा राख्‍न भनेको थियो । इकागज

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित