वीर अस्पतालाई आइसियु बेड हस्तान्तरण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२९ पटक पढिएको
निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई आइसियु बेड हस्तान्तरण गरेको छ ।

मंगलवार नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पतालाई ३० वटा आइसियु बेड हस्तान्तरण गरेका छन् । प्रतिष्ठानमा अहिले १५० वटा आइसियु बेड उपलब्ध छन्।
नेता पोख्रेलले उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई बाँढ्ने बताएका छन् । साथै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।
पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ, उनले थपे ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले निर्मल लामा स्मृति प्रतिष्ठान जस्तै अन्य थुप्रै संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आइसियु बेड उपलब्ध गराउन सहज भइरहेको बताए।