खुल्न नसकेकाका विद्यालयहरु फेब्रुवरीदेखि खुल्ने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२५ पटक पढिएको
अफगानिस्तानमा गत अगस्टमा तालिवानले सत्ता आफ्नो बनाएपछी खुल्न नसकेकाका विद्यालयहरु फेब्रुवरीदेखि खुल्ने भएका छन् ।

तालिवानी शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले उक्त्त जानाकारी दिएका हुन् । यद्धपी छात्रालाई विद्यालय जान दिने कि नदिने भन्ने विषयमा उनले केही बोलेका छैनन् । तालिवानले यसअघि छात्राहरुलाई छुट्टै राखेर पढाउन सकिने उल्लेख गरेको थियो ।
विशेष गरी गर्मी राज्यका विद्यालयहरु आउँदो फेब्रुवरीबाट खुल्ने र बांकी राज्यहरुमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन हुने उनले बताए ।
तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुलाई मात्र पढ्न र लेख्न अनुमति दिइएको छ । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा डरले पढ्न गएका छैनन् ।
पश्चिमा सरकारहरुले अफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् । तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो ।