भारत सरकारले मदर टेरेसा च्यारिटीको बैंक खाताहरू फ्रिज गर्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २८६ पटक पढिएको

 

भारतको सरकारले पश्चिम बंगालमा मदर टेरेसाको मिशनरीज अफ च्यारिटी (एमओसी) को बैंक खाताहरू फ्रिज गरेको छ । गृह मन्त्रालयले मदर टेरेसा च्यारिटीको विदेशी सहयोग लिन रोक लगाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।  

भारतको गृह मन्त्रालयले विदेशी सहयोग नवीकरणमा रोक लगाउनुको कारणबारे स्पष्ट भनेको छैन । उसले ‘नकारात्मक रिपोर्ट प्राप्त भएकाले’ विदेशी सहयोग नवीकरण नगरिएको मात्र भनेको छ । त्यो ‘नकारात्मक रिपोर्ट’ के हो भनेर स्पष्ट पारिएको भने छैन ।

धेरै दक्षिणपन्थी हिन्दू समूहहरूले सप्ताहन्तमा भारतका केही भागहरूमा क्रिसमसको अवरोध गरेपछि सोमबारको उक्त निर्देशन आएको अल्जजिराले उल्लेख गरेको छ । गृह मन्त्रालयले जारि गरेको एक विज्ञप्तिमा  च्यारिटीले लाइसेन्स नवीकरण गर्नका लागि विदेशबाट रकम प्राप्त गर्न अनुमति दिने आवेदन क्रिसमसमा अस्वीकार गरे पनि बताईएको छ । 

यसअघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मदर टेरेसा च्यारिटीको सबै बैंक खाता बन्द गरिएको भन्दै सरकारको आलोचना गरेकी थिइन् । मन्त्रालयले भने उक्त आरोपको खण्डन गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘मदर टेरेसा च्यारिटी स्वयंले भारतीय स्टेट बैंकलाई आफ्नो खाता बन्द गरिदिन अनुरोध गरेको थियो ।’

पछिल्लो समय सामाजिक सेवासँगै इसाई धर्मको प्रचार गरेको आरोप लागेपछि विवादमा परेको मदर टेरेसा च्यारिटीले स्वास्थ्य, शिक्षा र अनाथहरुका लागि सहयोग गर्दै आएको छ । तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित