अफगानिस्तानमा पुरुष नातेदारबिना महिलाले लामो दुरीको यात्रा गर्न नपाउने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५३ पटक पढिएको

 

अफगानिस्तानमा, लामो दूरीको यात्रा गर्न चाहने महिलाहरूले अब  यात्रा गर्न नपाउने भएका छन् । तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा गर्न नदिने जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

तालिबानले महिलाले यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेका हुन् । तालिबानको ‘सदाचार फैलाउने र नराम्रो रोक्नेवाला’ मन्त्रालयले यसबारेमा जरुरी निर्देशन जारी गरेको हो । छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन । 

मन्त्रालयका  प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार अब ७२ किलोमिटर भन्दा टाँढा जाने महिलाले कुनै पुरुष नातेदार बिना यात्रा गर्न पाउने छैनन् । 

तालिबानले अगस्ट १५ मा सत्ता कब्जा गरेपछि सार्वजनिक क्षेत्रको भूमिकामा रहेका धेरै महिलाहरूलाई काममा फर्कन प्रतिबन्ध लगाएको छ । त्यस्तै युवाहरू माध्यमिक शिक्षाबाट धेरै हदसम्म बञ्चित भएका बेला तालिबानले यस्तो कदम चालेको हो ।

यसैबीच सामाजिक सञ्जालहरूमा प्रसारित नयाँ मार्गनिर्देशनले मानिसहरूलाई उनीहरूको सवारी साधनहरूमा संगीत बजाउन रोक्न पनि आग्रह गरेको छ । केहि हप्ता अघि, मन्त्रालयले अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई महिला कलाकारहरू प्रस्तुत गर्ने नाटक र साबुन ओपेराहरू देखाउन बन्द गर्न निर्देशन दिएको थियो । 

तालिबानको उक्त निर्देशनहरुलाई  ह्युमन राइट्स वाचले आलोचना गरेको छ । महिला अधिकार समूहको सहयोगी निर्देशक हेदर बारले यो नयाँ आदेश महिला बन्दी बनाउने दिशामा अघि बढेको बताएका छन् । उनले भने , ”महिलाहरूलाई स्वतन्त्र रूपमा घुमफिर गर्न, अर्को शहरमा यात्रा गर्न, व्यापार गर्न, (वा) घरमा हिंसाको सामना गर्नु परेको खण्डमा भाग्न सक्षम हुने अवसरहरू यसले रोकेको छ ।” तस्बिर : एएफपी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित