चीनमा एमबीबीएस गरेका विद्यार्थीहरु आन्दोलनमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३६ पटक पढिएको

 

चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरु नेपालमा इन्टर्नसीप गर्न नपाएका भन्दै आन्दोलनमा  उत्रिएका छन् । गएको मंसिर १५ नै सरोकारवाला निकायहरले आफुहरुलाई आन्दोलनमा जान बाध्य पारिरहेको उनीहरुले जनाएका थिए । 

नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ मा चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति दिएको छैन ।  तर, गएको असोज ६ गते शिक्षा मन्त्रालयको समन्वय र निर्देशमा नेपाल चिकित्सा आयोग र नेपाल मेडिकल काउन्सिलको निर्णयले २०१५ मा चिनमा अध्ययन गरेका विधार्थीहरुलाई नेपालमै इन्टर्नसिप गर्न अवशर प्रदान गर्ने जनाएको थियो ।

विद्यार्थीहरुको अन्तिम वर्षको सैद्धान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । यस सम्बन्धमा सम्बधित निकायहरु माझ आफ्नो समस्या राख्दा आस्वासन मात्र पाइरहेको उनीहरुको भनाई छ । 

चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्घान्तिक कक्षा कोभिडका कारण प्रत्यक्ष पढ्न पाएका थिएनन् । ती बाँकी रहेका सैद्धान्तिक कक्षा उनीहरुले अनलाईन मार्फत पढेर परीक्षा समेत दिइसकेको दाबी गरेका छन् ।

काउन्सिलले भने गत १० गते  ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाहरुको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाईन अध्ययन अवधिलाई मान्यता दिन नहुने ।’ सूचना जारी गरेको छ । काउन्सिलले बाँकी रहेको सैद्धान्तिक कक्षा र प्रयोगात्मक सहितको कक्षा लिनुपर्ने र त्यसपछि मात्रै इन्टर्नसीप गर्न दिने बताउँदै आएको छ । 

उक्त निर्णयले दोहोरो मारमा परेको र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरुले आरोप लगाउदै आएका छन् ।यस अघि उनीहरुले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा पनि प्रदर्शन गरेका थिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित